१२वैशाख, रोल्पा । सत्ता गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेस र नेकपा (एमाले) बीच रोल्पामा चुनावी तालमेल गर्ने भएको छ।
स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रविरूद्ध एमाले र कांग्रेसबीच चुनावी गठबन्धन गरेर अघि बढ्ने सहमति भएको बताइएको छ।
दुई पार्टीबीच जिल्लाका दश स्थानीय तह मध्ये ८ वटा पालिकामा मिलेर निर्वाचनमा जाने सहमति भएको कांग्रेस रोल्पाका एक नेताले जनाएका छन्।
स्रोतका अनुसार त्रिवेणी, माडी, थबाङ, सुनछहरी एमाले र परिवर्तन, सुनिलस्मृति, लुंग्री, रोल्पा नगरपालिकामा कांग्रेसले नेतृत्व गर्ने चुनावी गठबन्धन भएको छ।
प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार


