कोरोना संक्रमित १६ जना निको भएर घर फर्किए

काठमाडाैँ ।कोरोना भाइरस संक्रमण भेटिएका १६ जना नेपाली उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार आज थप ४ जना कोरोना निको भएर घर फर्किएका हुन् ।
मन्त्रालयका अनुसार रौतहटका १९ वर्षीय १ जना पुरुष र अन्य ३ जना संक्रमित निको भएर घर फर्किएका हुन् । अन्य ३ को हुन् र कहाँका आएका हुन् भन्ने विषयमा कुनै जानकारी दिइएन ।

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस