सेयर बजारमा सामान्य सुधार

१४ वैशाख, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से ५‍१७ अंकले बढेर २३७६‍१७ को विन्दुमा पुगेको छ । २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँमा कायम भयो ।कारोबारमा आएका १३ वटा उपसमूहगत सूचकमध्ये ९ वटा समूहमा हरियाली छायो भने चार सूचक घटे । बुधबार विकास बैंक र होटल सूचकमा १ प्रतिशतले हाराहारीले वृद्धि भयो ।

जाल्पा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने नेपाल फाइनान्स र राधी विद्युत कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढ्न पुग्यो । आज दोस्रो बजारबाट धेरै गुमाउने कम्पनीमासानिमा इक्वीटी फण्ड, सानिमा लार्ज क्याप फण्ड, माउन्टेन इनर्जी नेपाल र मुहली लघुवित्तको सेयर धनी रहे ।

उच्च कारोबारको हिसावले अरुण भ्याली हाइड्रोपावर ५ करोड २१ लाख रुपैयाँ बराबरको १ लाख २४ हजार बढी कित्ता सेयर खरीद बिक्रीसँगै पहिलो स्थानमा रहयो भने दोस्रो स्थानमा रहेको हिमालयन डिष्टिलरी र तेस्रोमा नेपाल फाइनान्स रह्यो । दुवै कम्पनीको क्रमशः ३ करोड ८० लाख र ३ करोड ३६ रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा खरिद विक्री भएको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस