सिंहद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयाेग

रोल्पा । कोरोना भाइरस रोकाथामका तथा उपचारमा संलग्न स्वास्थयकर्मीलाई सुनीलस्मृति गाउँपालिका वडा नम्बर २ का निर्मला राज्य लक्ष्मी देवी सिंहले सुनिलस्मृति गाउँपालिका स्वास्थ्य सामग्री सहयोग गरेका छन् । सिंहले उनका स्वर्गिय श्रीमान हिमालयकुमार सिंहको स्मृतिमा मंगलबार गाउँपालिका १५ वटा पि.पि.ई. सेट गाउँपालिका दिएका हुन् । उक्त स्वास्थ्य सामग्री सिंहका छाेरा अनुपकुमार सिंहले गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीलाई हस्तान्तरण गरेका हुन ।

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस