
१७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिएको छ । मसालको वैशाख १४ गते बसको पोलिट्ब्युरो समितिको भिडियो बैठकले नियर्ण यस्तो सुझाव दिएको हो । बैठक पछि नेकपा (मसाल)का महामन्त्री मोहविक्रम सिंह जारी गरिएको विज्ञप्तीमा भनिएको छ । सरकारले ल्याएको र पछि फिर्ता लिएको दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानमन्त्रीको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैलीको प्रतिनिधिमूलक घटना भएको मसालले बताएको छ ।
प्रधानमन्त्री ओलीको व्यक्तिगत र स्वेच्छाचारी प्रकारको कार्यशैलीले सरकारको सम्पूर्ण कार्यप्रणालीमा नकारात्मक असर पारेको र अव्यवस्था तथा विग्रहको स्थिति पनि उत्पन्न भएको मसालले ठहर गरेको छ ।
सरकारको कार्यशैलीको आलोचना गरे पनि सरकारलाई दिएको समर्थन भने यथावत रहेको मसालले जनाएको छ ।