रुन्टीगढीमा २ जनाको उम्मेदवारी फिर्ता

फाईल फोटो

१६ वैशाख, होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकामा २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा राष्ट्रिय जनमोर्चाबाट गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदावारी दिएकी कमारी बस्नेत र सोही पार्टीबाट वडा नम्बर ८ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी धनकली दमाई रहकी छन् ।

उनीहरुले निर्वाचन अधिकृतको कार्यालय पुगेर आ—आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस