स्मार्ट कृषि गाउँमा बेहाल किसान

राेल्पा । वैशाख ८ देखि १९ गते सम्म लगातार रुपमा पानी पर्दा राेल्पा को धेरै जस्तो स्थान मा गहु बालि भित्र्याउन समस्या देखिएकाे छ । सुनिल स्मृति गाउपालिका १ घाेडागाउमा माैसमकाे कारण कृषक दुखित छन । नाम ले स्मार्ट कृषि गाउपालिका घाेषित गरिएको भए पनि गाउपालिका मा अहिले सिचाइ बिना नै अाकाशे पानि काे भर मा गहु बालि छरिएको थियो । गहु काटेर सके पनि गहु वारि मै त्रिपालले छाेपेर राख्नुपर्ने समस्या छ । नजिकै माेटरबाटो काे सुबिधा भए पनि यसकाे कृषि यान्त्रिकरणमा उपयाेग हुन सकेकाे छैन । गहु चुटने मसिन(थेसर) उपलव्ध हुन सके बालि भित्र्याउन सजिलो हुने कृषकहरुकाे काे भनाई छ । ।बर्षा लागे जस्तो निरन्तर पानी पर्दा प्रत्यक्ष बालि भित्र्याउन गाह्रो त भयाे नै अर्काे तर्फ याे लकडाउन ले गर्दा न त पसल खुले न त सामान्य पहिले कै जस्तो भाडामा खाधान्न लिन पाइयाे कृषक अाफै त बालि भित्र्याउन सकेकाे छैन । उता जिल्ला प्रशासन कायार्लयवाट पास गरिएका गाडिले २५ केजि  चामल काे भाडा ८०/९० रुपैयाँ काे दरले लिईरहेकाे छन । तरकारी गाडि टमाटर लिएर घर घर पुगे पनि तरकारी काे भाउले अाकाशिएकाे छ । यस सङकट काे घडिमा तरकारि र खाद्यान्न काे मूल्य अाकाशिदा कृषकहरु मर्कामा परेका छन ।-विन्दु कँवर

प्रकाशित मिति : २०७७ बैशाख २० गते शनिवार
प्रतिक्रिया दिनुहोस