क्वाराइन्टाइनमा बसेका सुत्केरी महिलार बालबालिकालाई हुरेकको सहयोग

२१ वैशाख, रोल्पा । रोजगारका लागि जिल्ला बाहिर गएका मजदुरहरु कोरोना भाइरसका कारण त्रिवेणी गाउँपालिका रोल्पामा फर्केर क्वाराइन्टाइनमा बसेका सुत्केरी, गर्भवती, किशोरकिशोरी, बालबालिका लगायतका लागि गाउँपालिका मार्फत गैरसरकारी स्तरबाट सहयोग उपलब्ध गराइएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले त्रिवेणी गाउँपालिकालाई विभिन्न सामग्रीहरु गरी करिव साढे ५ लाख बराबरको सहयोग गरेको हो ।
सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले गाउँपालिकालाई दुई थान आइआर थर्मोमिटर (थर्मल गन), स्वास्थ्यकर्मीको सुरक्षाको लागि १५ थान फुल बोडी गाउन, फेस सिल १५ थान, सर्जीकल ग्लोब्स् १५ थान, सुकोव १५ थान, बफ्यान्ट क्याप १५ थान, सर्जीकल मास्क १ हजार, सेनिटाइजर १० थान, सावुन ३ सय ४४ थान, महिला तथा बालबालिकाहरुको लागि आवश्यक पर्ने २ वर्ष सम्मका लागि बेबी किट ४५ थान, ५ वर्षसम्मका लागि बेबी किट ६० थान, डिग्निटी किट ४५ थान, हाइजीन किट ६९ थान, ब्लांकेट ५० थान लगायतका सामग्रीहरु रहेका छन् । सेभ द चिल्ड्रेनका प्रकाश भट्ट र मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाका अध्यक्ष घनश्याम आचार्य र कार्यक्रम संयोजक धरेन्द्र डाँगीले त्रिवेणी गाउँपालिकाको कार्यालयम गाउँपालिका अध्यक्ष शान्तकुमार वलीलाई ती सामग्रीहरु हस्तान्तरण गरेका हुन । यसअघि गाउँपालिकाको कोषमा नगद ४५ हजार समेत सहयोग गरिएको हुरेकले जनाएको छ ।
त्रिवेणी गाउँपालिकामा हाल १ हजार तीन सय ५१ जनाहरु क्वाराइन्टाइनमा बस्दै आएका छन् । ती मध्ये सुत्केरी, गर्भवती महिलाहरु र बालबालिकाहरु गरी करिव ४ सय बढी रहेको गाउँपापलिकाका अध्यक्ष शान्तकुमार वलीले बताए ।क्वाराइन्टाइनमा बसेका महिला तथा बालबालिकाहरुलाई सहज हुने गरी ती सामग्रीहरु सहयोग गरिएको हो ।

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस