
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसबाट रोल्पा नगरपालिका मेयरमा शेरबहादुर थापाले उम्मेदवारी दिएका छन् ।
रोल्पा नगरपालिका वडा नम्बर १० धबाङका थापा यतिबेला आ–आफ्नो चुनाव चिन्ह र घोषणापत्र लिएर घरदैलो अभियानमा व्यस्त छन् ।
२०६० सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका थापा ।
लामो समय विद्यार्थी संगठनमा काम गरे । हाल उनी नेपाली कांग्रेस रोल्पाको सचिव समेत रहेका छन् । शिक्षा शास्त्रमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर अध्ययन समेत गरेका छ । रोल्पा नगरपालिकाका मेयर पदका उम्मेदवार उनै शेरबहादुर थापासँग अनलाइन साझाले गरेको कुराकानी :
चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ?
मतदाताको बीचमा गई रहेका छौ“ । मतदातासँग जनप्रतिनिधि र पार्टीप्रतिको धारणा बुझ्ने काम गरिरहेका छौँ । मतदातालाई नेपाली कांग्रेसको चुनावी प्रतिवद्धताका बारेमा सामाजिक सञ्जाल र घरदैलो तथा सभामार्फत जानकारी गराउँदै जिल्ला व्यापी चुनावी अभियानका बारेमा रणनीतिक कार्ययोजना निर्माण तथा संचालनका लागि पार्टीका टोल, वडा, पालिका तथा क्षेत्रीय समितिलाई परिचालन गर्ने काम गरिरहेका छौँ ।
चुनावमा विजयी नै हुन्छु, भन्ने तपाईका मुख्य आधारहरु के–के छन् ?
निर्वाचन भनेको लोकतन्त्रको सुन्दर गहना हो । चुनावी प्रतिस्पर्धामा सामेल हुनु भनेको जिट्नका लागि नै हो । चुनावमा भाग लिएपछि हारजित स्वभाविक हुन्छ नै । चुनाव जिट्ने पहिलो आधार भनेको नेपाली कांग्रेसको सांगठनिक संरचना हो । दोस्रो नेपाली कांग्रेसको जनताको पक्षमा लिएको नीति तथा कार्यक्रम हो । अर्को भनेको जनताले कम्युनिस्ट पार्टीलाई दिएको मतको अपमान जसरी भएको छ त्यसको रूपान्तरण जनताले मतबाट नै परिवर्तन गर्न खोजेका छन्। आज रोल्पाली जनता खासगरी रोल्पा नगरपालिकाका जनताले माओवादीको विकल्प खोजेका छन् ।
नीतिगत भ्रष्टाचार र सुशासनको खिल्ली उडाउने काम भएको छ । रोल्पाली माओवादी नेता र आफन्तमा सम्वृद्धि आएको छ । जनतामा दुर्गति छाएको छ । यी तमाम खालका वेथितिको सुधारको पक्षमा जनमत तयार भएको छ । यसका लागि उत्तम विकल्प भनेको नेपाली कांग्रेस र यसका प्रतिनिधि भएका कारण पनि हामीले जिट्ने आधार बन्दै गएको छ ।
तपाईको भावी योजनाहरु के–के छन् ?
रोल्पा नगरपालिकाको पहिलो पाँच वर्षे एक वडा सदस्यको हैसियतले नगरको सकारात्मक तथा सुधार गर्नु पर्ने केही कामको जिम्मेवारी मेरो पनि छ । तथापि पार्टीको झण्डाको समेत स्थानीय सरकारमा छाँया पर्ने भएकाले झिनो हिस्सा मात्रै हाम्रो काँधमाथि रहेको छ । हामीलाई २० वर्ष पछि पु¥याउने नीतिगत र संरचनागत कमजोरी भएको छ । तथापि केही सकारात्मक काम पनि भएको छ ।
रोल्पा नगरपालिकाको जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्नेछ । नगर सुशासन कायम गर्नुछ । जनता र नगरको विकास जोड्नुपर्नेछ । नगरबासी जनताको आर्थिक विकास, सामाजिक विकास तथा सांस्कृतिक विकास गर्ने र नगरमैत्री भौतिक पूर्वाधार निर्माण गर्नुछ । नगरको शिक्षा, स्वास्थ, स्वच्छ खानेपानी, कृषि, वन वातावरण सम्बन्धि दिर्घकालीन नीति तथा कार्यक्रम तय गर्ने ।
द्वन्द्व प्रभावित परिवार तथा व्यक्तिका लागि सहायता कार्यक्रम तय गर्ने । जेष्ठ नागरिक, बालबालिका, युवा स्वरोजगार तथा लैङ्गगिकमैत्री नीति कार्यक्रम तथा योजना निर्माण गर्ने । भाषा, साहित्य कला, खेलकुद सम्बन्धि नीति निर्माण तथा रचनात्मक कार्यक्रम तय गर्ने ।
चुनावी जित्नुु भएन भने के गर्नु हुन्छ ?
पहिलो कुरा झन्डै २० हजार जनताको मन जिटेर चुनाव जितिन्छ । जनताको मत जिट्न सकिएन भने थप ५ वर्ष जनताको बिचमा बसेर जनताको लागि सिर्जनात्मक तथा नगरबासी जनताको प्रतिनिधित्व गरेर नगरबासीको विरुद्ध हुने क्रियाकलापको खबरदारी गर्ने काम गरिन्छ ।
चुनावी अभियानका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
जनताको प्रतिक्रिया सकारात्मक रहेको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न व्यग्र प्रतिक्षामा हुनुहुन्छ । अन्य पार्टीका साथीहरूले समेत मत दिने प्रतीक्षा गर्नुभएको छ । मतदानको प्रतिक्रियाले जितको सुनिश्चिता प्रदान गरेकोे छ । जनताको जनप्रतिनिधिप्रति जनताको भावना अनुसार र आजको प्रविधिमैत्री काम गर्न नसकेको गुनासो छ ।
जनताको लागि वडामा आएको विकासे बजेट दोजरवाला र उपभोक्ता समितिका निहित व्यक्तिका नाममा फिर्ता गएको तितो अनुभव व्यक्त गर्दछन् ।
जनप्रतिनिधिले पार्टीको झण्डाले आँखा छोपेर काम गरी नगरको शैक्षिक क्षेत्र तहसनहस बनाएका छन् । विना योजना तथा दिगोपनालाई ख्यालै नगरेर भौतिक संरचना तथा पूर्वाधार निर्माण गरेका जस्ता एक सय एक जनगुनासो रहेको छ ।
अन्त्यमाः तपाईको क्षेत्रका जनताहरुलाई के भन्न चाहनुहुन्छ ?
समाजको गति जादुमय तरिकाले एक रातमै परिवर्तन त गर्न सकिदैन । तर उर्जाशील व्यक्तिको निरन्तरको प्रयास ज्ञान, सीप, क्षमता र सिर्जनशीलताले अवश्य परिवर्तनको इट्टा थप्न सकिन्छ भन्ने पूर्ण विश्वास छ । चुनाव जित्ने भने पाँच वर्ष नगरवासी जनताको सेवा गर्छु ।