नेपालमा थप १७ जना कोरोना संक्रमित थपिए, दुई महिने शिशुमा पनि संक्रमण

२४ वैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (वीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो ।
मन्त्रालय प्रवक्ता डा। विकास देवकोटाका अनुसार १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो । यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस