नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुग्यो

२९ वैशाख, काठमाडौँ । नेपालका कोरोना संक्रमतिको संख्या १ सय ३४ पुगेको छ । सोमबार पुनः १३ जनामा कोरोना संक्रमित पुष्टि भएसँगै संक्रमितको सख्या १ सय ३४ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ६, रूपन्देही ६ र बर्दियामा १ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार बिहान १० र दिउँसो १ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको थियो । अहिले पुनः १३ जना थपिएपछि देशभर संक्रमितको संख्या १ सय ३४ पुगेको छ।

यसरी बचाैँ काेराेना भाइरसबाट 

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस