
१ जेठ, काठमाडौं । नेपालमा कोरोना स्रक्रमितको संख्या २सय ५० पुगेको छ । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमित मध्ये सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिकाका क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा, महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुष,काठमाडौंको चन्द्रागिरी नगरपालिकाका३२ वर्षीय पुरुष र कपिलबस्तुका ६ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ।
प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार