
३ जेठ, काठमाडौँ । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ८१ पुगेको छ । जसमध्ये ३६ जना निको भएर घर फर्कँदा १ संक्रमितको ज्यान गएको छ । यसअघि नै आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार