२जेठ, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेरदवार मणिराम बुढाथोकी विजयी भएका छन् । बुढाथोकीले ६०६२ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गन्जबहादुर क्षेत्रीले ३ हजार ८ सय ९३ मत प्राप्त गरी पराजित भएका छन् ।

गाउँपालिका उपाध्यक्ष पनि माओवादी केन्द्रकी मिना थापा विजयी भएकी छन् ।

थापाले ६ हजार ३७ मत प्राप्त गरी विजयी भएकी छन् । कांग्रेसकी तेजकुमारी विष्टले ३ हजार ४ सय मत प्राप्त गरी पराजित भएकी छन् ।