मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने सम्भावना

४ जेठ,काठमाडौं। आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । लकडाउनबारे निर्णय गर्नका प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
केही दिनयता लगातार संक्रमितको संख्या बढेसँगै आजको बैठकले लकडाउनको अवधि लम्बाइने सम्भावना बलियो छ । पछिल्लो चरणमा थपिएको लकडाउनको म्याद भोलि सकिँदै छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस