रोल्पाको लुंग्री गाउँपालिकामा कांग्रेस पराजित, माओवादी केन्द्र  विजयी

३जेठ, रोल्पा । कांग्रेसको प्रभावक्षेत्र मानिएको रोल्पाको लुंग्री गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले  गाउँपालिका जितेकाे थियो । तर अहिले माओवादी केन्द्रका भरतकुमार थापाले ७१५ मत अन्तरमा विजयी भएका छन् । थापाले ४ हजार ९६४ मत पाएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका जनक खड्काले ४ हजार २४९ मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकै दिलकुमारी गुरुङ विजयी भएकी छन् । गुरुङले ४ हजार ७४० मत पाएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी मुन्नीदेवी रोका क्षेत्रीले ४ हजार २६६ मत पाएकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस