रोल्पाको आइसोलेसनमा एक युवकको मृत्यु

५जेठ, रोल्पा । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको मृत्यु भएको छ । आइतबार राति १० बजे आइसोलेशनमा भर्ना भएका  २२ वर्षका युवकको सोमबार दिउसो ४ बजे मृत्यु भएको रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताएका छन् । काठमाण्डौँमा लामो समय देखि मृगौलाको डायलासिस् गरारहेका उनी आइतबार बेलुका मात्रै रोल्पाका आएको थिए । युवालाई सोमबार दिउँसो अचानक सास फेर्न गाह्रो भएको थियो । उनको कोरोनाभाइरस परीक्षणका लागि स्वाब लिइएको छ । यसको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस