अत्यावश्यक नुन शरीरका लागि हानिकारक !

मानिसका लागि ठिक्क मात्रामा नुनको प्रयोग गर्न फाइदाजनक हुन्छ। तर, अत्यधिक मात्रामा नुनको सेवनले रोग लाग्ने सम्भावनालाई बढाउने र मृत्युको कारण बन्न सक्छ।

अधिकांश मानिसले दैनिक चाहिनेभन्दा दुई गुणा वा सोभन्दा धेरै नुनको सेवन गरिरहेको पाइन्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार दिनमा पाँच ग्राम मात्र नुन सेवन गर्नुपर्ने हुन्छ। तर, अधिकांश मानिसहरूले दैनिक चाहिनेभन्दा दुई गुणाभन्दा बढी नुन सेवन गर्ने गर्छन् ।

डब्लुएचओको एक अध्ययनअनुसार अत्यधिक नुनको सेवनले हार्ट अट्याक, स्ट्रोकलगायतको जोखिम बढाइरहेका छन् जसले प्रत्येक वर्ष ३० लाख मानिसको मृत्यु हुने गर्छ। अब यो सङ्ख्या घटाउन, डब्लुएचओले व्यक्तिलाई दिनमा पाँच ग्राम नुन मात्र सेवन गर्न आग्रह गरेको छ।

विज्ञहरूका अनुसार शरीरमा सोडियम र पोटेसियमको सन्तुलन हुन आवश्यक छ। ठिक्क मात्रामा सोडियमले स्वास्थ्यलाई फाइदा पुर्याउछ। तर, खानामा नुनको अधिक मात्राले रक्तचाप, हृदय रोग र स्ट्रोकको जोखिम बढाउँछ साथै यसले किड्नीमा समस्या निम्त्याई हड्डीलाई पनि कमजोर बनाउँछ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस