
८ जेठ, काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।
यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार