
७जेठ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बिहिबार साँझ संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनको लागि शुक्रबार साँझ ५ बजेसम्मको लागि समय दिएकी थिइन्।
नयाँ सरकार गठनका लागि नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन्।
सरकार गठनका लागि आवश्यक सांसदहरूको संख्या सुनिश्चित गरिएको दाबीसहित विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दाबी प्रस्तुत गरेका छन्। त्यस्तै विपक्षी गठबन्धनले प्रधानमन्त्री दाबी प्रस्तुत गर्नुअघि नै ओलीले १५३ सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरेका थिए।
प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार