
९जेठ, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ ।
आज छापावाल सुन प्रतितोला १०० रुपैयाँ घटेर कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार