नेपालमा काेराेना संक्रमितको संख्या ६०० नाघ्यो

११ जेठ, काठमाडौं ।नेपालमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, मोरङको बारदशी—३का ४५ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष, रुपन्देहीको समरिमाई—५ का ४० र ५० वर्षीय पुरुष, ३२ वर्षीय पुरुषको पनि कोरोना गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुष, काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कुल संक्रमितको संख्या ६सय ३ पुगेको छ । यी मध्ये ८७ जना निको भइसकेका छन् भने तीन जनको निधन भएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस