
११ जेठ, काठमाडौं । बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रतिष्ठानका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुष, बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि जनाएको छ।
प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार