गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

१० जेठ, काठमाडौं । सरकारले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रक्रियालाई अगाडि बढाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएकी हुन् । उनका अनुसार रंगशालाको अधुरो काम टुंगोमा पुर्‍याउन समन्वय र सहजीकरणको काम सरकारले गर्ने भएको छ ।

सरकारले प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने भएको छ । सबै स्थानीय तहमा खेल ग्राम बनाइने भएको छ । खेलकुद विश्वविद्यालयको सम्भावना अध्ययन गर्ने घोषणा समेत सरकारले गरेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस