टी–२० विश्वकप :

दीपेन्द्रको अर्धशतकमा नेपाल विजय

५फागुन, काठमाडौं । टी–२० विश्वकपमा स्कट्ल्यान्ड पराजित गर्दै नेपाल विजय भएकाे छ । नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो । १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५० रन जोडे । दिेपेन्द्रसिंहले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरे भने गुल्सन झाले नटआउट २४ रन जोडे। गुल्सन ले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे। कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३, रोहित पौडेलले १६ रन जोडे।

बलिङतर्फ नेपालका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । नन्दन यादवले दुई तथा रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले तीन विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो ।

स्कटल्यान्डका माइकल जोन्सले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले २५ रन बनाए ।

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस