सनस्टार कप–२०८१ को राष्ट्रिय भलिबल प्रतियोगिताको फोटो फिचर

१४, फागुन, रोल्पा । रोल्पामा आयोजित दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब प्रथम भयो । सदरमुकाम लिबाङमा फागुन १० देखि १४ गतेसम्म संचालन भएको ‘सनस्टार कप–२०८१’ पुलिस क्लबले चुमेको हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका रविन चन्द घोषित भए । उनलाई नगद २० हजार र ट्रफी प्रदान गरियो । वेस्ट सेटर त्रिभुवन आर्मी क्लबका दुर्गाप्रसाद महतो, वेष्ट स्पाइकर त्रिभुवन आर्मी क्लबकै धनबहादुर भट्ट, वेस्ट सर्भर कोशी प्रदेश भलिबल संघका विष्ण वस्नेत, वेस्ट लिवेरो नेपाल पुलिस क्लबका भिमबहादुर गाहा, वेस्ट ब्लकर पुलिस क्लबकै रबिन नगरकोटी र वेस्ट कोच पुलिस क्लबकै चन्द्र कुँवर घोषित भए । उनीहरुलाई जनही ५-५ हजार नगदबाट पुरस्कृत गरियो ।

‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने मूल नारा सहित यति ठूलो राशीको प्रतियोगिता जिल्लामै पहिलो हो । क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको क्लबका अध्यक्ष पुरण केसीले जनाए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस