लिबाङमा  मनाइयो ऋषि पञ्चमी (फोटो फिचर) 

१२भदौ, रोल्पा। रोल्पाको लिबाङ स्थित टुँडिखेलमा  ऋषि पञ्चमी मनाइएको  छ । भूपू सैनिकले आयोजना गरेको ऋषि पञ्चमीमा विभिन समूहले मौलिक शैलीमा आफ्ना नृत्यहरू प्रस्तुत गरेका थिए ।  

हिन्दु महिलाहरू हरितालिका तीजको पर्सिपल्ट उपवास बस्ने र ऋषि पञ्चमी पूजा गर्ने गर्छन्। 

ऋषि पञ्चमीको अवसरमा भूपू सैनिकले लिङ्गे पिङ समेत बनाइ दिएको थियो।

 मेलामा उपस्थित विभिन्न समूहले मौलिक तीज गीत गाउँदै, मादल, बाँसुरी बजाएर आफ्नो नृत्य प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : २०८२ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस