१२जेठ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै लकडाउन गरेकाले मानवीय क्षति र संक्रमण नियन्त्रण गर्न सफल भएको बताएका छन् ।
सोमबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदमबारे राष्ट्रको नाममा सम्बोधन गर्दै उनले प्रारम्भिक दिनमा तयारीमा सरकार केही अलमल भएपनि अहिले सफल भएको बताए ।
प्रधानमन्त्री ओलीले भने–‘नेपालमा महामारी नियन्त्रण प्रभावकारी भएपनि ढुक्क भएर बस्ने अवस्था छैन । कोरोना विरुद्धको लडाई सरकार सचेत भएको छ । एक प्रयोगशालाबाट सुरु गरेकोमा अहिले २० प्रयोगशालाबाट परीक्षण थालिएको छ । प्रत्येक स्थानीय तहलाई कोभिड १९ सँग लडन आवश्यक सामग्री उपलब्ध गराई प्रदेश र स्थानीय तहमा समन्वय बढाइने छ ।’यस्तै बन्द स्थानमा रहेका होटल र सार्वजनिक स्थललाई क्वारेन्टाइन बनाइने योजना रहेको बताउँदै महामारी विस्तार भएको स्थानलाई सिल गरी सो स्थानमा द्रुत गतिमा परीक्षण गरिने उनले बताए ।
कोरोना माहामारी नियन्त्रण प्रभावकारी भएपनि ढुक्क भएर बस्ने अवस्था छैन
प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस