खेलकुद क्षेत्रको बजेट साढे एक अर्ब घट्यो

१५ जेठ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको छ । आर्थिक वर्ष २०७७÷७८ को लागि सरकारले खेलकुदतर्फ २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको छ ।
बिहीबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोडको बजेट विनियोजन भएको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब ६३ करोडले कम हो ।
कोरोना महामारीका कारण यस पटक स्वास्थ्य , शिक्षा तथा रोजगार जस्ता क्षेत्रको बजेट प्राथमिकतामा पर्दा खेलकुदको बजेट घटेको हो र।अर्थमन्त्री अतिवडाले आगामी आवका लागि खेलकुद पूर्वाधारमा ध्यानमा राख्दै बजेट ल्याएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस