५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा

१५ जेठ, काठमाडौं। सरकारले भूमिहीन ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलबार संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

सरकारले भूमि प्रशासन अभिलेखलाई डिजिटाइज गर्ने योजना पनि ल्याएको छ ।

अर्थमन्त्री पुनले नापनक्सा कार्यलाई थप व्यवस्थित गरिने योजना पनि ल्याएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस