१६जेठ,रोल्पा । चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु भएको छ । विहान घरमै बसीरहेका बेलामा चट्याङ पर्दा गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका ७ का, ७५ वर्षीय खिरमाली बाँठा र २१ वर्षीय आशा बुढालाई रोल्पा अस्पताल लैजाने वित्तिकै मृत्यु भएको घोषणा गरेको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले बताए । रोल्पामा चट्याङ लागेर यो वर्ष मात्रै ४ जनाले ज्यान गुमाइ सकेका छन् ।
प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार