सहुलियत ब्याजदरमा २५ लाखसम्मको कर्जा

१५जेठ काठमाडौँ– सरकारले स्टार्टअपलाई सहुलियत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले परियोजना धितोमा स्टार्टअपलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म बिऊ पूजी कर्जा उपलब्ध गराइने बताए ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस