१७ जेठ, सुर्खेत । दैलेखमा कोरोना भाइरस संक्रमितका कारण एक जनाको मृत्यु भएको छ ।
दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा रहेका दुल्लु—११ का ३५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो ।
उनी १० दिन अघिमात्र ७९ जना साथीसहित भारतको गुजरातबाट गाउँ फर्किएका थिए ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।