कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि  

१७ जेठ,काठमाडौँ ।कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा कालिकोटको १८, बाजुरा र दैलेखका १÷१ जना रहेका छन् ।  जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको सूचना अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र महावै गाउँपालिकाका ५ जना रहेका छन् ।
त्यस्तै, बाजुरा जगन्नाथ गाउँपालिका—५ का १ जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस