नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु

१८जेठ,काठमाडौं । नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। बाजुराकी २ वर्षीया बालिका र दैलेख दुल्लुका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। भारतबाट फर्केर दैलेखको दुल्लुका ३५ वर्षीय पुरुषको शनिवार मृत्यु भएको थियो। उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। यस्तै, आइतबार निधन भएकी बाजुराकी दुई वर्षीया बालिकाकोको पनि कोरोना संक्रमणका कारण निधन भएको पुष्टि छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस