लुम्बिनीमा जसपाका चार सांसदले पनि भोट हाल्न पाउने

Photo : breaknlinks

१७जेठ,बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी(जसपा)बाट मन्त्री बनेका चार जना सांसदले पनि राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

पार्टीले प्रदेश सांसदबाट हटाएका ४ जनालाई मतदान सुरू हुनु १६ घन्टाअघि निर्वाचन आयोगले मतदानको अधिकार दिएको हो।

लुम्बिनी प्रदेशमा ८३ जना प्रदेश सभा सदस्यले मताधिकार पाएका छन्। गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ जनागरी जम्मा ३०० मतदाताले निर्वाचनमा भाग लिन पाउने छन्।

यसअघि जसपाको एक समूहले सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयवहादुर यादवलाई कारबाही गरेको थियो। उनीहरू मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री छन्।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस