थप २२६ जनामा कोरोना संक्रमण पुष्टि

१९ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २सय २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस