
फाइल फाेटाे
१८जेठ, काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ।
बबरमहलस्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको कार्यकारिणी समिति सदस्य सुरेन्द्र झाले जानकारी दिए।
यादवलाई कारबाही गरिएको पत्र आजै निर्वाचन आयोगमा बुझाइएको छ। उपेन्द्र यादव पक्षले महन्थसहितका चारजना नेतालाई निष्कासन गरेको थियो।
प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार