नेपालमा थप २सय ८८ जनामा कोरोना संक्रमित , संक्रमितको संख्या २हजार ९९ पुग्यो

२०जेठ, काठमाडौं । नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २सय८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस