२२ जेठ, काठमाडौं । सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो ।उनी जेठ ७ गते भारतबाट आएर जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए ।