थप २ सय ७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९सय नाघ्यो

२३ जेठ,काठमाडौँ। शुक्रबार थप २ सय ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभरका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा २६७ जना पुरुष र ११ जना महिला गरी २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस