पर्याप्त निन्द्रा पाउनका लागि अपनाउनुहोस्, यी टिप्स !

साधारणतया स्वास्थ्य रहनका लागि पर्याप्त निन्द्रा आवश्यक छ। यदी निन्द्रा पुगेन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुका साथै वजन बढ्ने समस्या देखापर्न सक्छ। त्यसैले स्वास्थ्य रहनका लागि गहिरो र मीठो निद्रा लाग्न जरुरी छ। त्यसैले आउनुहोस्, चर्चा गरौं निन्द्रा लाग्नुका लागि अपनाउनुहोस्, यी उपायहरु।

यदी तपाई ज्यादा खाना खानु हुन्छ भने त्यो बानीलाईआजैदेखि सुधार्नुस्। तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पुर्‍याउँछन्।

दिनभरिको कामबाट राति घर फर्किएपछि तातो पानीले नुहाउने बानी छ भने बानी बदल्न ढिलो नगर्नुस्। किनकि, शरीर एक हदसम्म चिसो नभएसम्म मीठो निद्रा पर्दैन भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन । नुहाउनैपरे पनि सुत्नुभन्दा केही घण्टाअगाडि नै नुहाउने बानी बसाल्नुस्।

ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउनु राम्रो होइन। मोबाइल चलाउँदा तपाईं यसैमा अलमलिनुहुन्छ र निद्रा लाग्न पाउँदैन। साथै, सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस्।

सुत्ने र उठ्ने समयतालिका बनाउनुस्। सधै एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्न सक्नुभयो भने अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ। त्यसैले सो बानी बसाल्नुहोस्।

कसरत गर्नु राम्रो हो, तर सुत्नुभन्दा ठीक अघि गर्नुचाहिँ राम्रो होइन। यसले शरीरमा रक्तसञ्चारलाई तीव्र गरिदिन्छ, जुन सामान्य अवस्थामा फर्किन समय लाग्छ। यसले तपाईंको निद्रालाई पर धकेल्ने गर्छ  त्यही भएर बेलुकाको कसरत र सुत्ने समयबीच चार घण्टाको ग्याप राख्नु राम्रो हुन्छ।

प्रेसर, डिप्रेसन लगायतको औषधि नियमित सेवन गर्ने गर्नुभएको छ भने औषधि खाने समय र सुत्ने समयबीच केही घण्टाको अन्तर राख्ने कोसिस गर्नुस्। यस्ता औषधि खानासाथ सुत्न जानुभयो भने निदाउन समय लाग्छ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस