२७ जेठ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । मैनहवा स्थित स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने ५ जनाको हत्या भएको हो । घटना गएरातिको हो । प्रहरी स्रोतका अनुसार बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । मृतकको विवरण खुलेको छैन ।
प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार