थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

२७जेठ , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३सय२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् ।
मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३२३ थप संक्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल संक्रमितको संख्या ४०८५ पुगेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस