
२८जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीले व्यक्तिगत रुपमा लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै दर्ता गरेका संशोधन प्रस्ताव फिर्ता गर्न निर्देशन दिएको छ । बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो ।
प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार