२८ जेठ,काठमाडौं । नेपालमा थप २ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । थपिएका संक्रमितमध्ये २सय ५७ पुरुष र २२ जना महिला रहेका छन् । योसँगै नेपालमा संक्रमिको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।