
२९जेठ, एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै चार राज्यमा चुनावी र्याली गर्ने घोषणा गरेका छन्। कोरोनाका कारण गत तीन महिनादेखि चुनावी र्याली स्थगित गर्दै आएको छ।
ह्वाइट हाउसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले आफ्ना र्याली ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीनाबाट सुरु गर्ने बताए। अर्को शुक्रबारबाट यो र्याली सुरु हुने उनले जानकारी दिए। ट्रम्पको प्रतिस्पर्धीको रूपमा डेमोक्रेट नेता जोन विडेन छन्। अमेरिकामा यही वर्ष नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ।
प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार