
२९जेठ,रोल्पा। रोल्पामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको । बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन ।
संक्रमित सुनिलस्मृति गाँउपालिका वडा नम्बर ४ का ७,१६,१८,२२,२४,२६,३० वर्षीय पुरुष र ४४ वर्षीय महिला रहेका छन । सोहि गाउँपालिका वडा नम्बर ८ का २३,३२,१९, १८,२१ वर्षीय पुरुष र वडा नम्बर ७ का १७ पुरुष रहेका छन्।
स्वास्थ्य शाखाकी प्रमुख सावित्रा थापाका अनुसार उनीहरु जेठ १२ गते १३ भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । यससंगै रोल्पामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।रोल्पामा पहिलो २५ जेठमा तीनजना पुरुषमा कोरोना पुष्टि भएको थियो ।
उनीहरुको स्वाब परिक्षणको लागि साता दिन अघि पठाइएको थियो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित सबैलाई सदमुकाम लिबाङमा रहेको आइसोलेसन उपचारका लागि लिने तयारी भइरहको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले बाताए ।