नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुग्यो

३० जेठ,काठमाडौँ । नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्घाखाँचीका
मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । उनको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस