३१ जेठ,रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिका इरिबाङ उज्यालो ओबाङ युवा क्लब गठन गरिएको छ । पालैपालै विकासमा हातेमाले भन्ने मुल नारा सहित क्लब गठन गरिएको हो । क्लबको अध्यक्षतामा सूर्य घर्ती,उपाध्यक्षमा विवेक पुन, सचिवमा प्रकाश केसी, सह—सचिवमा कमला श्रेष्ठ, कोषाध्यक्षमा भक्तबहादुर पुन रहेका छन् ।
क्लबको सल्लाहकार समितिमा रोहित केसि र हुकुम बुढा रहेका छन्। त्यस्तै पूर्व नागरिक उड्यय सहायक मन्त्री भिमकुमारि बुढा प्रमुख संरक्षक समिति संयोजक रहने गरि २८ सदस्यीय संरक्षणक समिति गठन भएको छ । नव गठित समितिलाई सम्बन्धित पालिका, समाजकल्याण परिषद लगायत सम्बन्धित स्थानमा आधिकारीक दर्ता गरेर विधिवत रुपमा सन्चालन गर्ने युवा क्लबले निर्णय गरेको त्यहाँबाट पत्रकार रोहित केसीले जानकारी दिएका छन् ।